जनहित अक्षय कोष

पछिल्लो खबर

अक्षय कोषमा सहयोग गर्नुहुने महानुभावहरुको अध्यावधिक सूूची

जनहित असल शासन क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषमा आ.व. २०७२।७३ को चौथो कार्यक्रम सम्पन्न हुँदासम्म (२०७२ भाद्र ११ गते) को अक्षय कोषमा सहयोग गर्नुहुने महानुभावहरुको अध्यावधिक सूची हेर्नुहोस् ः

Download (PDF, 483KB)

जनहित असल शासन क्लबको वार्षिकोत्सवमा सम्मान र छात्रवृत्ति

2

धनकुटा/जनहित असल शासन क्लबले आफ्नो १५ औं वार्षिकोत्सव २०७२ भाद्र ११ गते शुक्रवार एक कार्यक्रमका बीच कुरुले तेनुपामा मनाएको छ ।
क्लबले सो अवसरमा कुरुले तेनुपामा क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषबाट गाविसका १२ जना जेष्ठ नागरिकलाई अभिनन्दन गरेको छ । अभिनन्दनसंगै सबैलाई प्रोत्साहन भत्तास्वरुप नगद ९५० र अभिनन्दन पत्र समेत प्रदान गरिएको छ । अक्षय कोष परिचालन तथा सिफारिस समितिको गत श्रावण ३० गतेको निर्णय एवं सिफारिसबमोजिम सो सम्मान गरिएको हो ।


क्लबले विगत चार वर्षदेखि वार्षिकोत्सवको अवसर पारेर कुरुले तेनुपामा जेष्ठ नागरिकहरु पहिचान गरी अभिनन्दन गर्ने र गरिब जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्य गर्दै आएको छ ।


जेष्ठ नागरिक अभिनन्दित
यसरी सम्मानीत हुनुहुने जेष्ठ नागरिकहरुमा कुरुले तेनुपा वडा नं. ९ का रिन्द्रिमाया लिम्बु, धनमायाँ भण्डारी, लक्ष्मीप्रसाद काफ्ले र जीतमान लिम्बु गरी चार जना, वडा नं. ४ का तारानाथ अधिकारी, मन्दोदरा भण्डारी र टँकबहादुर आचार्य गरी ३ जना, वडा नं. ५ का शुकरानी लिम्बु र हरिमाया अर्याल गरी २ जना, वडा नं. ३ का इन्द्रबहादुर मगर तथा वडा नं. १ का केशरमान विक र कमलापति बराल गरी जम्मा १२ जना रहनुभएको छ । उहाँहरुलाई गाविसको अभिलेखानुसार जेष्ठताको आधारमा सम्मान गर्न सिफारिस गरिएको थियो ।
विद्यार्थीलाई छात्रवृत्ति
यसैगरी सोहि अवसरमा गाविसभित्रका एक दर्जन विद्यार्थीलाई जनहित अक्षय कोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । नगद रु ९५० संगै प्रमाण पत्र समेत सो अवसरमा विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुमा कुरुले तेनुपा उच्च मावि कक्षा ९ का छात्र कञ्चन लिम्बु, जनसेवा निमावि, बाजथला कक्षा ७ का छात्र सञ्जय मोक्तान, जनकल्याण निमावि बरगाछी कक्षा ६ की छात्रा अञ्जना लिम्बु, त्रैलोक्यश्वर प्रावि, भैंसेटार कक्षा ५ का छात्र रविन माझी, जानकी बुढासुब्बा प्रावि कक्षा ३ का छात्र दिपेश लिम्बु, बुद्ध प्रावि भदौंरे कक्षा ३ का छात्र सुजन तामाङ, जालपादेवी प्रावि, सुरुङ्गी कक्षा ३ की छात्रा उषा मगर, जनज्योती प्रावि, तीनजुरे कक्षा ३ का छात्र विशाल तामाङ, संयुक्त ग्रामिण जनता प्रावि, मानेडाँडा कक्षा ३ की छात्रा सम्झना योञ्जन, जीवनज्योती प्रावि, तल्लो सोगुम कक्षा ३ का छात्र अबिर तमाङ, सरस्वती प्रावि, फलामेटार कक्षा २ का छात्र अनिल माझी र जनता प्रावि, बाँसपानी कक्षा २ की छात्रा कुशुम मग्रान्ती रहनुभएको छ । उनीहरुलाई सम्बन्धित विद्यालयको व्यवस्थापन समितिले सिफारिसमा अक्षय कोष सिफारिस समितिले छात्रवृत्तिको लागि चयन गरी सिफारिस गरेको थियो ।
कार्यक्रममा अक्षय कोषको लागि यस वर्ष नगद सहयोग गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ । यस वर्ष कोषमा ८ जना महानुभावहरुले स्वतःस्फूर्त सहयोग गर्नुभएको थियो । हालसम्म अक्षय कोषको लागि कूरुले तेनुपाका २४२ जनाबाट २ लाख ८२ हजार ८ सय १८ रुपैया नगद संकलन भएको छ भने नपुग रकम संस्थाले थप गरी ३ लाख ३ हजार ३ सय ३३ रुपैयाको अक्षय कोष राखिएको छ । वार्षिक बैंकबाट प्राप्त २७ हजार रुपैया ब्याजबाट छात्रवृत्ति तथा प्रोत्साहन भत्ता वितरण गरिएको क्लबका कार्यक्रम संयोजक हुकुमप्रसाद दाहालले बताउनु भएको छ ।

हालसम्म सम्मानित हुनुहुनेकाे नामावली 

Janahit Akshaya Kosh_069.70 & 070.71 Janahit Akshaya Kosh_071.72 Janahit Akshaya Kosh_072.73
सलोनी मगर अक्षय कोष घोषणा
सोही कार्यक्रममा गत बैशाख १२ गतेको महाभुकम्पमा परि मृत्यु भएका सुरेश मगरकी नाबालक छोरी सलोनी मगरको नाममा काबेली विकास बैक धनकुटामा स्थापना गरिएको ६५ हजारको अक्षय कोष र कोष स्थापनाको लागि सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाको नामावलीसहितको जानकारी परिवारलाई हस्तान्तरण गरिएको गोपीकृष्ण भण्डारीले बताउनु भयो ।
चेतनाथ काफ्ले स्मृति अक्षय कोषबाट छात्रवृत्ति
यसैगरी कार्यक्रममा चेतनाथ काफ्ले स्मृति अक्षय कोष अन्तरगत कुरुले तेनुपा उच्च माविबाट गत शैक्षिक सत्रमा उच्च अंक ल्याई एसएलसी परीक्षा उत्तीर्ण एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको दिपक दाहालले जानकारी दिनुभएको छ ।
कुरुले तेनुपा उच्च माविका प्रअ एवं अक्षय कोष परिचालन समितिका अध्यक्ष भक्तकुमार सुब्बाको अध्यक्षता तथा गाविस सचिव रामकुमार डँगोलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष सविता बरालले गर्नुभएको थियो भने सहभागीहरुलार्य स्वागत मन्तव्य क्लबका अध्यक्ष कमलादेवी काफ्लेले गर्नुभएको थियो । क्लबले विगत चार वर्षदेखि वार्षिकोत्सवको अवसर पारेर कुरुले तेनुपामा जेष्ठ नागरिकहरु पहिचान गरी अभिनन्दन गर्ने र गरिब जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्य गर्दै आएको छ ।

अक्षय कोषमा १९ जनाबाट बाह्र हजार सहयोग प्राप्त

जनहित असल शासन क्लबको १५ औं वार्षिकोत्सवको अवसरमा जनहित अक्षय कोषबाट जेष्ठ नागरिकहरुलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम भइरहेको समयमा भाद्र ११ गते कुरुले तेनुपामा अक्षयकोषलाई स्वतःस्फूर्त सहयोग गर्नेहरुको संख्या थप भएको छ ।


आजै अक्षय कोषबाट जेष्ठ नागरिक सम्मान पाउनुहुने कुरुले तेनुपा १ का कमलापति बरालले आफु अभिनन्दित हुँदा अत्यन्त हर्षित भएकोले आफ्नो नामबाट पनि अक्षय कोषमा रु ५०१ सहयोग राखिदिन आग्रह गर्नुभयो ।


त्यसैगरी कुरुले तेनुपा वडा नं. ८ का बलिराज देवानबाट रु ११११, वडा नं. ८ का गोपीकृष्ण भण्डारीबाट रु १००५, वडा नं. ४ की दुर्गाकुमारी बरालबाट रु १००१, वडा नं. ९ का शुकदेव अधिकारीबाट रु १००१, वडा नं. ५ का शिवप्रसाद दाहालबाट रु १००१, वडा नं. ४ का जीवनाथ घिमिरेबाट रु १००१, वडा नं. ९ की तीर्थकुमारी अधिकारीबाट ५५५, वडा नं. २ की कुमारी देवानबाट रु ५५५, वडा नं. १ की देवी बरालबाट रु ५५५, वडा नं. ५ की रिता भट्टराई त्रितालबाट रु ५५५, वडा नं. ४ का जीवनाथ ढुँगानाबाट रु ५२५, वडा नं. २ का हरिकुमार देवानबाट रु ५०५, वडा नं. ४ का बासुदेव ढुँगानाबाट रु ५०१, वडा नं. ३ का विनोद ढोडेली मगरबाट रु ५०१, वडा नं. ५ की तुलसा पोख्रेलबाट रु ५०१, वडा नं. ९ का इश्वरीप्रसाद दाहालबाट रु ३०१, वडा नं. ५ का चन्द्रबहादुर याखाबाट रु २२५ र वडा नं. ९ का कृष्णबहादुर दर्जीबाट रु १५१ गरी कुल १९ जनाले १२ हजार ५१ रुपैया अक्षय कोषमा सहयोग गर्नुभएको कुरुले तेनुपाबाट हुकुमप्रसाद दाहालले बताउनु भयो ।

गतिविधि

जनहित असल शासन क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषमा कुरुले तेनुपा २ निवासी गजेन्द्र फागुले रु ३३३३, मानबहादुर याखाले रु १५०५, ललित याखाले रु १५०५, पुस्कल याखाले रु १५०५, जितेन्द्र फागोले रु १५०५, कृष्ण फागोले रु १५०५ गरी कुल १०८५३ अक्षरेपी दश हजार आठ सय त्रिपन्न रुपैया गजेन्द्र फागुमार्फत एकमुष्ट आज 2070.06.10 गते मलेसियाबाट प्राप्त भएको छ । सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ।

गतिविधि
कुरुले तेनुपा गाविस स्थायी ठेगाना भई गाऊँमा हुनुहुने, विभिन्न पेशा व्यवसायको लागि गाऊँ छोडेर बाहिर जानु परेका व्यक्तिहरुको सामुहिक सहभागितामा स्वेच्छिक आर्थिक सहयोग संकलन गरी जनहित अक्षय कोष स्थापना भएको हो । कुरुले तेनुपाभित्र रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति र गाविसभित्र रहेका सबैभन्दा जेष्ठ नागरीकहरुलाई जेष्ठ नागरीक सम्मान गर्ने गरी वर्षा एक पटक गाऊँमै कार्यक्रम राख्ने मुख्य उद्धेश्यले २०६८ साल चैत्र ३० गते रु १ लाख ५ रुपैयाको जनहित अक्षय कोष यस संस्थाको संरक्षकत्वमा स्थापना भएको थियो । हाल यो जनहित अक्षय कोष २ लाख ५५ हजार ५ सय ५५ रुपैयाको भएको छ ।
यो अक्षय कोष स्थापनार्थ ११७ जना महानुभावहरु स्वेच्छिक रुपमा संस्थापक सहयोगदाता हुनुभएको छ भने आर्थिक वर्ष२०६९।७० मा थप १०३ जना सहयोगदाताहरुबाट सहयोग प्राप्त भई कुल सहयोगदाता संख्या २२० पुगेको छ । यो कोषमा कुरुले तेनुपामा जन्म भई स्थायी ठेगाना भएका व्यक्तिहरुले मात्र आर्थिक सहयोग गर्न पाउने प्रावधान राखिएको छ । हरेक वर्षा एक पटक छात्रवृत्ति र वृद्धवृद्धा सम्मान वितरण हुने यस अक्षय कोषबाट प्राप्त ब्याजले आर्थिक वर्ष२०६९-७० को लागि मिति २०६९ भाद्र ११ गते एक कार्यक्रम गरी कुरुले तेनुपाका सबैभन्दा जेष्ठ २ जना वृद्धवृद्धालाई वृद्धभत्तासहित अभिनन्दन गरिएको छ भने २ जना विद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको छ । जेष्ठताको लागि गाविसको अभिलेख र पेश भएको नागरीकताको प्रमाण पत्रलाई आधार मानिएको छ भने गाविसभर रहेका एक दर्जन विद्यालयहरुले सिफारिस गरेका विद्यार्थीहरुको हकमा कुरुले तेनुपा उच्च माविका प्राचार्यको संयोजकत्वमा छात्रवृत्ति सिफारिसको लागि ७ सदस्यीय सिफारिस समिति बनाइएको छ । यो अक्षय कोषलाई बढाउने अभियान अहिले पनि निरन्तर चलिरहेको छ । यो कोष नै कुरुले तेनुपा गाविसभित्र स्वेच्छिक रुपले धेरै जनाको सामुहिक सहभागितामा स्थापना भएको सबैभन्दा ठुलो राशीको अक्षय कोष भएको छ । यस आर्थिक वर्ष२०७०।७१ का लागि अक्षय कोषबाट ७ जना जेष्ठ नागरीक सम्मानित हुनुहुने भएको छ भने ७ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।

Download (PDF, 124KB)

जनहित अक्षय कोष निर्देशिका

Download (PDF, 312KB)

Do NOT follow this link or you will be banned from the site!