धुम्रपान त्याग्ने तरिका

आज विश्व धुम्रपान रहित दिवस

लत लागिसकेको धुम्रपान त्याग्ने कुरा मानिस कल्पनासमेत गर्न सक्दैनन् । तर त्यसो होइन, धुम्रपान सजिलै त्याग्न सकिन्छ । सबै भन्दा पहिला म धुम्रपान त्याग्छु भन्ने आत्मविश्वास चाहिन्छ ।

यही आत्मविश्वासका साथ हरेक बर्ष विश्वभर करिव दश लाख मानिस धुम्रपान त्याग्न सफल समेत भएका छन् । आजै धुम्रपान त्याग्ने प्रणको जरूरी छ । एक दुई दिन सफल नुहन पनि सक्नु हुन्छ ।  तर फेरि पिइयो भन्दैमा हार खानु भने हुदैन । पुनःप्रयासले त्याग्ने सफलतामा पु¥याउँछ । लत लागिसकेका धेरै मानिसहरुले पटक–पटक त्याग्ने प्रयास समेत गरेका हुन्छन् । म धुम्रपान त्याग्छु भन्नु पनि एक हदसम्मको सफलता नै हो ।

महिलाका लागि धुम्रपान त्याग्ने सबैभन्दा राम्रो अवस्था गर्भवती अवस्था हो । यसले आमा र वच्चा दुवैलाई स्वस्थ राख्छ । गर्वभती महिलाले धुम्रपान गरेमा पेटभित्रको बच्चा मृत जन्मन सक्छ वा वच्चा जन्मदै रोगी, कान नसुन्ने, समय भन्दा पहिला जन्मने, मानसिक रुपमा कमजोर जन्मने, लुलो वा विभिन्न किसिमको रोगले ग्रसित भएर जन्मन सक्छ ।

पब्लिक हेल्थ सर्भिस अमेरिकाको एक अध्ययनअनुसार धुम्रपान त्याग्न साथीभाई, परिवार वा अफिसमा संँगै काम गर्नेले  सघाएमा धेरै हदसम्म सफलता मिलेको देखाएको छ ।

चिकित्सकको सल्लाह लिएर धुम्रपान सजिलै त्याग्न सकिन्छ ।  विश्व बजारमा धुम्रपान त्याग्न चाहनेका लागि विभिन्न थेरापीहरुको विकास समेत भएको छ । जस्मा निकोटिन रिपलेसमेन्ट थेरापी, निकोटीन प्याच, निकोटीन गम, निकोटिन स्प्रे, निकोटिन ईनहेलर, नननिकोटीन थेरापी आदि पर्छन ।

आजै धुम्रपान त्याग्नुहोस । विश्वभर हरेक ६ सेकेण्डमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारणले एक जनाको मृत्यु हुने गर्छ । सुर्तिजन्य पदार्थमा चार हजार भन्दाबढी प्रकारका क्यान्सर गराउने तत्व हुने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीका अनुसार नेपालमा हरेक बर्ष १६ हजार भन्दाबढी मानिसको मृत्यु धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनका कारणले हुनेगर्छ ।

– See more at: http://swasthyakhabar.com/2016/05/19039.html#sthash.jcu4c5NF.dpuf

 

Do NOT follow this link or you will be banned from the site!