विश्व धुम्रपानरहित दिवसमा सचेतना कार्यक्रम

धनकुटा/स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण ९ज्च्त्ऋ० जिल्ला सञ्जाल, धनकुटाले जनहित असल शासन क्लव धनकुटा संगको सहकार्यमा विश्व धुम्रपानरहित दिवसको अवसरमा धनकुटामा सचेतना कार्यक्रम यहि २०७३ जेठ १८ गते अर्थात मे ३१ तारिखको दिन सम्पन्न गरेको छ । कार्यक्रममा धनकुटा नगरपालिका १ हिले स्थित बिभिन्न बिद्यालयका बिद्यार्थी तथा शिक्षक समेतको सहभागितामा “सादा प्याकेटका लागि तयार हाऔ” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धुम्रपान तथा सुर्तिजन्य पदार्थको असर बिषयक सचेतना कार्यक्रम सञ्चानल गरिएको थियो ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थको असर सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालनगरि सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनको अवस्था तथा धुम्रपान सम्वन्धि बिषय बस्तुको बारेमा सहभागिहरुलाई जानकारीे गराईएको थियो । छलफलमा सहभागिहरुले सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा जोड दिनुपर्ने, सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जनचेतनामूलक कार्य गरि यसलाई नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिएका थिए । सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन कार्यान्वयनमा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट,–¥यापर्स, पेटी तथा पार्सल प्याकजिङमा कम्तीमा ९० प्रतिशत भाग चेतनामुलक सन्देश वा चित्र भएको सुर्तीजन्य पदार्थको मात्र बिक्रि गर्न पाईने र चेतनामुलक चित्र नभएका गैरकानूनी सुर्तीजन्य बस्तु बिक्रि गर्न नहुने कानूनी प्रावधानका बारेमा समेत सहभागिहरुलाई जानकारी गराई यसको प्रचार प्रसारमा सबैले काम गर्नुपर्ने कुरालाई जोड दिईएको थियो । कार्यक्रमको सहजीकरण सञ्जालका उपाध्यक्ष रिजन पोख्रेल र सदस्य प्रदिप फुयलले गर्नुभएको थियो ।

20160531_124221 20160531_124413

Do NOT follow this link or you will be banned from the site!