संस्थाका गतिविधिहरु

पछिल्लो खबर

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल संखुवासभा गठन

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि ९ सदस्यीय जिल्ला सञ्जाल संखुवासभाको गठन गर्दै आज खाँदवारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनहित असल शासन क्लब, संखुवासभा शाखाका अध्यक्ष जनक चापागाईंको संयोजकत्वमा सो सञ्जाल गठन भएको हो । सञ्जालको सदस्यहरुमा गुराँस एफएमका गँगा विष्ट, कान्तिपुर दैनिक सम्वाददाता दिपेन्द्र शाक्य, तेस्रो धार साप्ताहिकका स्वागत तामाँङ्ग, हुरेक नेपालका सन्तोषकुमार मते, नेपाल रेडक्रस सोसाइटीकी शीला श्रेष्ठ, मकालु डेभलपमेन्ट सञ्चार केन्द्रका रमेश दियाली र असल शासन क्लब जिल्ला समन्वय समितिका गुणराज श्रेष्ठ रहनु भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा ३ बुँदे साझा सार्वजनिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ । उक्त प्रतिबद्धता पत्रमा जिल्लाका सम्पुर्ण सरकारी, गैरसरकारी निकायहरु, संघसंस्थाहरु एवं सार्वजनिक निकायहरुमा धुम्रपान निषेधित क्षेत्र लेखिएका बोर्डहरु राख्ने, सार्वजनिक निकायहरुभित्र तथा १०० मिटर वरपर सुर्तीजन्य वस्तु सेवन गर्न र बेचविखन बन्द गर्न पहल गर्ने र आफु सम्वद्ध कार्यालय, संघसंस्था विद्यालयहरुमा सूर्तीजन्य वस्तु सेवनलाई रोक्न आवश्यक जनचेतनामुलक कार्यक्रम गर्न पहल गर्ने भन्ने बुँदाहरु उल्लेख गरिएको छ ।
सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, खाँदवारीका स्वास्थ्य शिक्षा सुचना शाखाका प्रमुख नरबहादुर श्रेष्ठले सूर्ती नियन्त्रणका लागि २ लाख ६७ हजार बराबरको वार्षिक कार्यक्रम स्वीकृत भएर आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल, धनकुटाका संयोजक नोदनाथ त्रितालले धनकुटा तथा इलाम जिल्लामा सञ्जालहरुले गरेका गतिविधिहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सामुहिक सभापतित्वमा सम्पन्न भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, संखुवासभा र प्राथमिक स्वास्थ्य सेवा स्रोतकेन्द्रको सहयोग, स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाको समन्वय तथा जनहित असल शासन क्लब, संखुवासभा शाखा र असल शासन क्लब जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन शाखाका अध्यक्ष जनक चापागाईंले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. मदनकुमार उपाध्याय, जिल्ला पशु सेवा कार्यालय प्रमुख पुष्प बुढाथोकी, प्रहरी निरीक्षक सन्तोष पाठक, जिल्ला शिक्षा कार्यालयका वि नि गोपालमान भण्डारी, शान्ति समिति सचिवालयका सचिव राजेन्द्र सर्वहारा, अनुसन्धान विभाग प्रमुख तुलसी कट्टेल, राजनैतिक दलका प्रतिनिधिहरु एवं सञ्चारकर्मीसहित ३५ जनाको सहभागीता रहेको थियो ।

संविधान सभा निर्वाचनको पर्यवेक्षण
लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (ड्यू नेपाल) धनकुटा शाखामा आबद्ध भएर जनहित असल शासन क्लबले संविधान सभा निर्वाचनको पर्यवेक्षण कार्य गरेको छ ।
धनकुटा जिल्लास्थित नागरीक समाज संस्थाहरु सल्भ नेपाल, वेष्ट नेपाल र जनहित असल शासन क्लब सम्मिलित लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (ड्यू नेपाल) धनकुटा शाखा गत २०७० श्रावण १९ गते गठन भई २०७० मंसीर ४ गते मंगलवार सम्पन्न संविधान सभा निर्वाचनको धनकुटा जिल्लाका विभिन्न गाविसहरु र नगरपालिकामा स्वतन्त्र पर्यवेक्षण कार्य सम्पन्न गरेको हो । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भई मतगणना कार्य समेत सम्पन्न भएपछि पर्यवेक्षण सफलतापुर्वक सम्पन्न गरेको संस्थाहरुले निष्कर्श निकालेका छन् । पर्यवेक्षणमा खटिएका पर्यवेक्षकहरुको विवरण हेर्नुहोस् … … …

Download (PDF, 38KB)

निर्वाचन पर्यवेक्षणको लागि तयारी बैठक
लोकतन्त्र र निर्वाचन पर्यवेक्षण -ड्यू नेपाल) धनकुटा शाखाको बैठक आज सल्भ नेपालस्थित सचिवालयमा शाखाका अध्यक्ष नारायण जोशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
आसन्न संविधान सभा निर्वाचनको लागि धनकुटा जिल्लामा गरिने पर्यवेक्षण तयारीको लागि बैठक बसेको थियो । बैठकमा निर्वाचन पर्यवेक्षण आचारसंहिता, निर्वाचन प्रक्रिया, पर्यवेक्षणको लागि खटिने स्वयंसेवकहरुले भर्नुपर्ने फारमहरुबारे अभिमुखीकरण गरी समिक्षा गरिएको थियो ।
बैठकमा अध्यक्ष जोशी, सचिव सविता शर्मा अधिकारी, सदस्य नोदनाथ त्रिताल, जिल्ला संयोजक जयपर्ुण्ा भुजेल, क्षेत्र नं. १ का क्षेत्रीय संयोजक हुकुमप्रसाद दाहाल, क्षेत्र नं. २ की क्षेत्रीय संयोजक जानुकादेवी ढकाल लगायतको सहभागिता रहेको थियो । बैठकले आगामी शुक्रबार स्वयंसेवकहरुलाई सदरमुकाममा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्ण्र्ाासमेत गरेको छ । धनकुटा जिल्लास्थित तीन वटा गैरसरकारी संस्थाहरु सल्भ नेपाल, महिला सशक्तिकरण सहयोग समुह र जनहित असल शासन क्लब सम्मिलित भई धनकुटा जिल्लामा गठन भएको निर्वाचन पर्यवेक्षण सञ्जाल लोकतन्त्र र निर्वाचन पर्यवेक्षण -ड्यू नेपाल) धनकुटाको तर्फाट ४८ जना स्वयंसेवकहरुले सदरमुकाम लगायत विभिन्न गाविसहरुमा पर्यवेक्षण गर्ने र ३ सदस्यीय घुम्ती अनुगमन टोलीले निर्वाचनको पर्यवेक्षण एवं अनुगमन गर्ने जिल्ला संयोजक जयपर्ुण्ा भुजेलले जानकारी दिनुभयो ।

पर्यवेक्षकहरुको विवरण पढ्नुहोस् … ……. … …. ….

Download (PDF, 39KB)


र्सार्बजनिक सुनुवाई कार्यक्रमको लागि साझेदारी

जनहित असल शासन क्लबले धनकुटा नगरपालिकासंग साझेदारीमा वाषिर्क रुपमा र्सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत र संस्थाका कार्यकारी निर्देशकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साझेदारीमा गरिने कार्यक्रममा रु १,१५,००० एक लाख पन्ध्र हजार बराबरको खर्च नगरपालिकाले व्यहोर्ने र बाँकी खर्च संस्थाले व्यहोर्ने गरी वर्षा तीन पटक नगरपालिकाको सेवा सुविधासम्बन्धी र्सार्बजनिक सुनुवाई कार्यक्रम गर्नुपर्नेछ । चौमासिक रुपमा सञ्चालन गरिने र्सार्बजनिक सुनुवाई कार्यक्रम कार्तिक मसान्तभित्र, फागुन मसान्तभित्र र आषाढ मसान्तभित्र सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

सुचनाको हकका लागि हेल्प डेक्स र हस्ताक्षर संकलन
धनकुटा÷राष्ट्रिय सुचना आयोग र सुचनाको हकका लागि नागरीक अभियान, काठमाडौको सहयोगमा जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाको आयोजनामा ११ औंं अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसरमा सुचनाको हकका लागि हेल्प डेक्स र हस्ताक्षर संकलन कार्यक्रम गरी २०७० आश्विन १२ गते शनिवार धनकुटामा मनाइएको छ ।
धनकुटाको मदन चौकमा हेल्प डेक्स राखिएको थियो भने स्वतःस्फुर्त रुपमा २०० जनाभन्दा बढी सर्वसाधारणबाट हस्ताक्षर संकलन ब्यानरमा हस्ताक्षर गरी ऐक्यबद्धता प्रकट गर्नुभएको थियो । कार्यक्रममा जनहित असल शासन क्लबको तर्फबाट विगत ६ महिनामा सुचनाको हकका लागि सञ्चालन गरिएको अभियानबारे कार्यक्रम संयोजक नोदनाथ त्रितालले जानकारी गराउनु भएको थियो भने हुसाडेक नेपालका अध्यक्ष विदुर सुवेदी, रेडियो मकालुका स्टेशन प्रमुख नैन विश्वकर्मा, आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले अभियानले नागरीकहरुलाई सुुसुचित गराउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

काठमाडौ शाखाको प्रथम साधारण सभा

जनहित असल शासन क्लब काठमाडौ शाखाको प्रथम साधारण सभा आज असोज ५ गते काठमाडौको विश्वभाषा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । भानुभक्त दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्वाचित गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।समितिको सदस्यहरुमा मानबहादुर लिम्बु, राजन बराल, गीता दाहाल, मोहन भण्डारी, क्रिवन सुवेदी, कुसुम भट्टर्राई, सपना अधिकारी र विमला निरौला निर्1वाचित हुनु भएको छ ।त्यस्तै समितिको सल्लाहकारहरुमा गणेश बराल, लक्ष्मी किशोर सुवेदी, गंगा भण्डारी कट्टेल, उपेन्द्र लावती, लोकेन्द्र याखा, र्सर्ूय चापागाईं र गणेश दाहाल चयन हुनुभएको छ । समितिको कार्यकाल दर्ुइ वर्षो हुनेछ ।

कार्यक्रम शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालको प्रमुख आतिथ्यता तथा सामुहिक सभापतित्वमा सम्पन्न भएको थियो । वडा दशैंको शुभकामना आदानप्रदान गर्दै कुरुलेली भेलाको रुपमा सञ्चालित सो कार्यक्रममा स्वागत मन्तव्य शाखा अध्यक्ष भानुभक्त दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नोदनाथ त्रितालले गर्नुभएको थियो ।

संविधान सभा निर्वाचन पर्यवेक्षणका लागि सञ्जाल गठन !
नागरीक समाज संस्थाहरुको सञ्जालको रुपमा काठमाडौमा स्थापित लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण -डिऊ) नामक पर्यवेक्षण सञ्जालको धनकुटा जिल्ला समिति २०७० श्रावण १९ गते धनकुटामा एक कार्यक्रमका बीच गठन भएको छ ।
धनकुटामा क्रियाशील ३ वटा गैरसरकारी संस्थाहरु सल्भ नेपाल, वेष्ट नेपाल र जनहित असल शासन क्लबको संयुक्त संयोजनमा आसन्न संविधान सभाOffice DEWको निर्वाचनलाई जवाफदेहि, पारदर्शी र निष्पक्ष बनाउन स्वतन्त्र पर्यवेक्षणको लागि धनकुटामा क्रियाशील रहने प्रतिबद्धताका साथ यो सञ्जालको जिल्ला समिति स्थापना भएको हो । समितिको संयोजन सल्भ नेपालका अध्यक्ष नारायण जोशीले गर्नुभएको छ । त्यस्तै समितिको सचिवमा महिला सशक्तिकरण सहयोग समुह वेष्ट नेपालकी अध्यक्ष सविता अधिकारी र समिति सदस्यमा जनहित असल शासन क्लबका कार्यकारी निर्देशक नोदनाथ त्रिताल रहनुभएको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा सल्भ नेपालका नायव कार्यकारी निर्देशक जे पी भुजेल, वेष्ट नेपालकी सदस्य संगीता चापागाईं र जनहित असल शासन क्लबका सचिव हुकुमप्रसाद दाहाल रहनु भएको छ ।
समिति सदस्यहरुलाई एनडिआईका परामर्शदाता एवं डीऊ का सदस्य बालकुमारी पन्त, डिऊ काठमाडौ संयोजक श्रेयप्रसाद काफ्ले र डिऊ सदस्य शान्ति गुरुङले अभिमुखीकरण गर्नुभएको थियो । साथै जिल्ला निर्वाचन अधिकृत सुवर्ण्र्ााघमिरेले जिल्ला निर्वाचन कार्यालयका गतिविधिहरु र आसन्न निर्वाचनमा पर्यवेक्षक संस्थाहरुको भुमिका विषयमा अनुभव आदानप्रदान गर्नुभएको थियो । सञ्जालको सचिवालय सल्भ नेपालमा रहने निर्ण्र्ाासमितिले जनाएको छ ।

र्सार्बजनिक सुनुवाई
यस संस्थाले सबैभन्दा बढी संस्थागत रुपमा अभियान सञ्चालन गरेको प्रमुख क्रियाकलाप र्सार्बजनिक सुनुवाई कार्यक्रम हो । यो कार्यक्रमको धनकुटा जिल्लामा सबभन्दा पहिले शुरुवात गरेको नै यो संस्थाले हो । र्सार्बजनिक सरोकारको विषयमा सेवा प्रदायक र सेवाग्राहीबीच दोहोरो सम्वादको माध्यमबाट समस्याको शान्तिपर्ुण्ा समाधान खोज्ने साझा चौतारीको रुपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम धनकुटा जिल्लाका दर्ुइ दर्जन गाविसहरुमा अभियानको रुपमा सञ्चालनमा आइसकेको छ । र्सार्बजनिक सुनुवाई कार्यक्रम अन्तरगत ऐन नियमहरुको अध्ययन गरी सेवाग्राही बहिर्गमन र्सर्वेक्षण ९भ्हष्त एयिि०, नागरीक प्रतिवेदन पत्र ९ऋच्ऋ० र्सर्वेक्षण, सरोकारवालासंग छलफल र प्रतिबद्धता पालना अनुगमनसम्मका कार्यहरु सञ्चालन गर्ने गरिएको छ । अन्य गाविसहरुमा पनि यस कार्यक्रमको अनुशरण भइरहेको छ । यस संस्थाले यो कार्यक्रमलाई संस्थागत गर्न अनुसन्धानमुलक तवरले अभियान सञ्चालन गरिरहेको छ ।
र्सार्बजनिक सुनुवाई प्रशिक्षक प्रशिक्षण तालिम
यस संस्थाले र्सार्बजनिक सुनुवाई कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुमाझ स्थापित गर्न, गाविसहरुमा संस्थागत रुपमा अनुशरणको वातावरण तयार पार्न तथा नीतिगत विषयवस्तुहरुमा क्षमता विकास गर्न गैरसरकारी संस्थाहरु, सरकारी निकायहरुसंगको सहकार्यमा र्सार्बजनिक सुुनुवाई तथा सामाजिक लेखा परीक्षण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्दै आएको छ ।

अभिमुखीकरण तालिम कार्यक्रम
यस संस्थाले असलशासन, मानव अधिकार, पत्रकारीता, शान्ति र संविधान, सामाजिक जवाफदेहिता, नेतृत्वसीप विकास लगायत विषयवस्तुहरुमा अभिमुखीकरण तालिमहरु सञ्चालन गर्दै आएको छ । विभिन्न निकायहरुसंगको सहयोग सहकार्यमा युवाहरुको क्षमता विकासका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्दै तालिमहरु सञ्चालन गर्ने गरेको छ । कम्प्युटर हार्डवेयर तालिम, च्याऊ खेती तालिम जस्ता सीपमुलक तालिम कार्यक्रमहरु समेत यस संस्थाले संयोजन गरी सञ्चालन गरेको छ ।
जिल्लास्तरीय अन्तरक्रिया
संघीयता, मानव अधिकार, सुशासन, स्वास्थ्य अधिकार लगायत विषयवस्तुहरुमा जिल्लास्तरीय सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिन्दै आएको छ । ऐन नियमहरुको कार्यान्वयनको विषयमा बहस पैरवीको लागि समेत जिल्लास्तरमा छलफल, अन्तरक्रियाहरु गरिएको छ ।

गाऊँस्तरीय अन्तरक्रिया
गाऊँस्तरमा सरोकारवाला नागरीकहरुलाई गाविसको बजेट निर्माण प्रक्रियामा सहभागिताको लागि, लक्षित वर्ग र क्षेत्रको बजेट परिचालनको अवस्थाबारे जानकारी गराउनका लागि गाऊँस्तरमा रहेका राजनीतिक दलहरु, नागरीक समाज, संघसंस्था, महिला, दलित, जनजाती, अपाँग लगायत सञ्जालहरुसंग अन्तरक्रिया, गोष्ठी, छलफल गर्ने गरिएको छ ।

सर्ुर्तिजन्य पदार्थ नियन्त्रण अभियान
धनकुटा जिल्लामा सर्ुर्तिजन्य वस्तु नियन्त्रण नियमन ऐन कार्यान्वयनका लागि नागरीक समाज संस्थाहरुको तर्फाट जनचेतना फैलाउने अभियान अन्तरगत २१ वटा संघसंस्थाहरुको भेलामार्फ गठन भएको स्वास्थ्य अधिकार तथा सर्ुर्ति नियन्त्रण (HRTC) जिल्ला सञ्जाल धनकुटाको नेतृत्व यस संस्थाले गर्दै आएको छ । काठमाडौस्थित प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (RECPHEC) संगको समन्वयमा यस संस्थाले सञ्जालको संयोजन गर्दै आएको हो । यस सञ्जालमार्फ र्सबसाधारणसम्म कानुनको प्रचारप्रसार गर्ने र सचेतनामार्फ कानुन कार्यान्वयनमा मद्दत पुर्‍याउने लक्ष्य रहेको छ ।

छात्रवृत्ति वितरण तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम
मिति २०६९ भाद्र ११ गते संस्थाकेा १२ औं वाषिर्कोत्सवको अवसर पारेर जनहित अक्षय कोषबाट प्राप्त ब्याजले आर्थिक वर्ष२०६९-७० मा कुरुले तेनुपा उच्च माविको परिसरमा एक कार्यक्रम आयोजना गरी जनहित छात्रवृत्ति वितरण तथा जनहित जेष्ठ नागरीक सम्मान कार्यक्रमको शुरुवात भएको छ । यसै आर्थिक वर्ष२०६९-७० देखि शुरुवात भएको सो कार्यक्रमममा जनहित छात्रवृत्ति अन्तरगत कुरुले तेनुपा उच्च माविका कक्षा ६ का छात्र बीरेन्द्र सुब्बा र बुद्ध प्रावि भदौरे कक्षा ३ की छात्रा सिर्जना मोक्तानले जनहि ६ सयका दरले छात्रवृत्ति एवं प्रमाण पत्र प्राप्त गर्नुभएको छ भने जनहित जेष्ठ नागरीक सम्मान अन्तरगत कुरुले तेनुपा ५ की ९० वषर्ीया कौशिला याखा र कुरुले तेनुपा ६ की ८९ वषर्ीया माइतमाया याखालाई नगद रु ६ सय र सम्मान पत्र सहित सम्मान गरिएको थियो । जनहित अक्षय कोष अन्तरगत विद्यार्थी छात्रवृत्ति वितरण तथा जनहित जेष्ठ नागरीक सम्मान कार्यक्रम हरेक वर्षसंस्थाले कुरुले तेनुपा गाविसमा सञ्चालन गर्नेछ ।

त्यस्तै दोस्रो कार्यक्रमको रुपमा मिति २०७० भाद्र ११ गते मंगलवार जनहित असल शासन क्लबको तेह्रौं वाषिर्कोत्सवको अवसरमा जनहित अक्षय कोष अन्तरगत आर्थिक वर्ष२०७०।७१ को कार्यक्रम अन्तरगत जेष्ठ नागरीक सम्मान तथा विद्यार्थी छात्रवृत्ति कार्यक्रम श्री कुरुले तेनुपा उच्च मावि परिसरमा सम्पन्न भएको छ ।
कुरुले तेनुपा स्थायी ठेगाना हुनुहुने २१६ जना महानुभावहरुको सामुहिक सहभागितामा स्थापित जनहित अक्षय कोषको व्याजबाट कुरुलेे तेनुपाको स्थायी ठेगाना हुनुहुने सबैभन्दा जेष्ठ नागरीकहरुको पहिचान गरी सम्मान गर्ने शुरुवात गत वर्षेखि भएको थियो । त्यस्तै गरी विद्यालयहरुबाट सिफारिस भई आएका जेहन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति समेत सो कोषबाट प्रदान गर्ने निर्ण्र्ााभएबमोजिम यस आर्थिक वर्षा गत आर्थिक वर्षभत्र प्राप्त बैंक ब्याजबाट ७ जना जेष्ठ नागरीकहरु सम्मानित हुनु भयो भने ७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो ।

सम्मानित हुनुहुने जेष्ठ नागरीकहरुमा कुरुले तेनुपा २ की ९५ वषर्ीया हर्कमाया लिम्बु, कुरुले तेनुपा १ का ९० वषर्ीया दलबहादुर भण्डारी, वडा नं. ८ का ९० वषर्ीया टेकबहादुर तामाङ्ग, वडा नं. ३ का ८९ वषर्ीया पृथ्वीमान मगर, वडा नं. ४ की ८९ वषर्ीया पवित्रा बराल, वडा नं. ५ की ८९ वषर्ीया बुधरानी लिम्बु र वडा नं. ५ का ८९ वषर्ीया लालबहादुर याखा रहनु भएको छ ।उहाँहरुलाई जनहि ८२५ का दरले नगद र सम्मान पत्र कार्यक्रमका सभापति भक्तकुमार सुब्बा र प्रमुख अतिथि गाविस सचिव अर्जुनप्रसाद घिमिरेले प्रदान गर्नुभएको थियो ।

त्यस्तैगरी छात्रवृत्तिको लागि छनौट भएका विद्यार्थीहरुमा कुरुले तेनुपा उच्च माविका कक्षा ५ मा अध्ययनरत छात्र मनोज तामाङ्ग, जनता प्रावि, बाँसपानी कक्षा १ कि छात्रा देवी आचार्य, जानकी बुढासुब्बा प्रावि कक्षा ४ की छात्रा सुस्मिता र्राई, जनसेवा निमावि, वाजथलाकी कक्षा ५ की छात्र पुजन बराल, जनकल्याण निमावि कक्षा ७ की छात्रा संगीता लिम्बु, जनज्योती प्रावि कक्षा २ की छात्रा रीता तामाङ्ग र त्रैलोक्यश्वर प्रावि कक्षा ३ का छात्र युवराज माझी रहेका छन् । उनीहरुलाई जनहि ८२५ का दरले छात्रवृत्ति र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि अर्जुनप्रसाद घिमिरे र सभापति भक्तकुमार सुब्बाले प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सविता बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव हुकुमप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रमको औचित्य र उद्धेश्यमाथि संस्थाका अध्यक्ष केशव काफ्लेले प्रकाश पानुभएको थियो भने कार्यक्रमको भावि खाका, लक्ष्य र योजनाबारे संस्थाका कार्यकारी निर्देशक नोदनाथ त्रितालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव अर्जुनप्रसाद घिमिरेले अक्षय कोष अभियान साह्रै उल्लेखनीय कार्य शुरु गर्नुभएको छ । गाविसले अहिलेसम्म जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने कुनै पनि पहल नगरी रहेको अवस्थामा असल शासन क्लबले वृद्धवृद्धाहरु ज्ञानको भण्डार हो भन्ने मनन् गर्दै जुन सम्मान कार्यक्रम राखिएको छ त्यो अत्यन्त खुशीको कुरा हो भन्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै सभापतिको आसनबाट बोल्नुहुँदै अक्षय कोष परिचालन समितिका संयोजक भक्तकुमार सुब्बाले सबै विद्यालयहरुले आवश्यक प्रक्रिया पुरा गरी अक्षय कोष परिचालन समितिले माग गरे बमोजिम कागजात समयमा नै पेश गरिदिनुभयो भने समितिले निर्ण्र्ाागर्न बाधा नपर्ने थियो भन्ने धारणा राख्नु भयो । सबै विद्यालयबाट सिफारिस गर्ने प्रक्रिया राम्रो संग बुझेर काम गर्नुहुन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा श्री जनकल्याण निमाविका प्रअ मानबहादुर लिम्बुले कार्यक्रम अत्यन्त राम्रो भएको भन्दै आगामी दिनमा थप प्रभावकारी पार्दै अगाडि बढ्नुपर्ने बताउनु भयो। त्यस्तै राजनीतिक दलको तर्फाट एकीकृत नेकपा माओवादीका ऋषिराम ढुँगानाले कार्यक्रमलाई सबैले सहयोग र साथ दिनुपर्ने बताउनुभयो । त्यस्तै राप्रपाका अध्यक्ष लक्ष्मी भण्डारीले कार्यक्रमको निरन्तरता र क्लबको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा स्वेच्छिक रुपमा ३ जनाले २०१५ अक्षरेपी दर्ुइ हजार पन्ध्र रुपैया आर्थिक सहयोग अक्षय कोषमा गर्नुभएको थियो । जनहित अक्षय कोष हाल २ लाख ५५ हजार ५५५ बराबरको काबेली विकास बैंक धनकुटामा वाषिर्क ८ प्रतिशत व्याजदरमा राखिएको छ ।

सरकारी तथा गैरसरकारी निकायसंगको सहकार्य
यस संस्थाले सरकारी र गैरसरकारी निकायहरुसंगको सहकार्यलाई जोड दिँदै आएको छ । आपसी साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । जिल्ला विकास समिति, जिल्ला शिक्षा, जिल्ला प्रशासन, मालपोत, कृषि विकास, पशु सेवा, घरेलु तथा साना उद्योग विकास समिति आदि कार्यालयहरुसंगको सहकार्यमा नागरीक वडापत्र प्रकाशन र वितरण भएको छ । गाविसहरुसंगको सहकार्यमा क्षमता विकास सम्बन्धी तालिम, र्सार्बजनिक सुनुवाई लगायत कार्यक्रमहरुमा निरन्तर सञ्चालन भइरहेको छ ।

सुचनाको हकसम्बन्धी अभियान
यस संस्थाले राष्टिय सुचना आयोग र सुचनाको हकका लागि नागरीक अभियान, काठमाडौसंगको सहकार्यमा धनकुटामा सुचनाको हकसम्बन्धी ऐन कार्यान्वयनको लागि पैरवी गर्ने कार्यको संयोजन गर्दै आएको छ । जसअन्तरगत २०७० बैशाख १३ गते धनकुटामा नागरीक समाज संस्था र पत्रकारहरुसंगको अन्तरक्रिया तथा २०७० भाद्र ८ गते धनकुटाका सरकारी कार्यालयका सुचना अधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रमको संयोजन गरी सकेको छ भने दर्ुइ दर्जन बढी सरकारी कार्यालयहरुमा सुचनाको हकको निवेदन पेश गरी ऐनबारे सुसुचित गराउने र आवश्यक सुचना संकलन गर्ने कार्य निरन्तर जारी राखेको छ ।

सुशासन र शिष्टाचार अभियान

शिष्टाचार अभियान नेपालसंगको सहकार्यमा यस संस्थाले धनकुटा जिल्लामा शिष्टाचार अभियानबारे अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । धनकुटाको पत्रकार महासंघमा, रेडियो मकालुको स्टेशनमा र हिलेबजारस्थित महिला समुहमा शिष्टाचार अभियानको अभिमुखीकरण सम्पन्न भएको छ भने मोरग शाखा र काठमाडौ शाखाले समेत यो अभियानलाई निरन्तरता दिएका छन् । गत जेठ १ गते मोरँगमा र जेठ १५गते काठमाडौको पशुपति क्षेत्रमा शिष्टाचार अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यो अभियान अझ विस्तार गर्ने कार्यक्रम संस्थाको रहेको छ ।

शाखा कार्यालय विस्तार अभियान
यस संस्थाकेा केन्द्रीय कार्यालय धनकुटा जिल्लाको कुरुले तेनुपा गाविसमा रहनेछ । संस्थाको सर्म्पर्क कार्यालय सदरमुकामस्थित धनकुटा नगरपालिका वडा नं.-५ तल्लो कोप्चेमा रहेको छ भने परियोजना कार्यालय धनकुटा नगरपालिका वडा नं.-७ हुलाकटोलमा रहेको छ । यस संस्थाले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता विकास गर्न जनचेतनामुलक अभियान विस्तार गर्दै असल शासनको अभियान अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै आएको छ । यसै आर्थिक वर्षेखि संस्थाको काठमाडौमा र संखुवासभा जिल्लाहरुमा शाखा कार्यालय स्थापना भइसकेका छन् भने मोरङ्ग, सुनसरी, तेह्रथुम र भोजपुर जिल्लाहरुमा शाखा स्थापनाको क्रममा रहेका छन् । अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै जाने संस्थाको लक्ष्य रहेको छ ।

गाऊँ पार्श्वचित्र निर्माण कार्यक्रम

यस संस्थाले कुरुले तेनुपा गाविसको गाऊँ पार्श्वचित्र निर्माणको लागि संयोजनकारी भुमिका निर्वाह गरेको थियो । गाविससंगको सहयोग एवं सहकार्यमा आर्थिक वर्ष२०६६-६७ मा कुरुले तेनुपा गाविसको गाऊँ पार्श्वचित्र निर्माण कार्य सम्पन्न गरेको हो । गाविसभित्रका ८८६ घरधुरी र्सर्वेक्षण गरी प्राप्त तथ्याँकलाई प्रकाशन गरिएको थियो । सो पार्श्वचित्रको चालु आर्थिक वर्ष२०६९-७० मा अध्यावधिक गर्ने कार्य भइरहेको छ ।

गरीबि निवारणका लागि बाख्रा साटासाट कार्यक्रमको अनुगमन

यस संस्थाले जिल्ला पशु सेवा कार्यालय, धनकुटासंगको सहकार्यमा गरीवि निवारणका लागि बाख्रा साटासाट कार्यक्रमको अनुगमन मुल्याँकन गर्ने कार्यक्रम सम्पन्न गरेको थियो । जिल्ला पशु सेवा कार्यालयबाट जिल्लाको वेलहारा, फाक्सिव र महाभारत गाविसहरुमा ५ वर्षम्म सञ्चालित सो कार्यक्रमको प्रभावकारीताको नागरीक समाज संस्थाको तर्फाट स्वतन्त्र अनुगमन कार्य सम्पन्न गरिएको थियो ।

Do NOT follow this link or you will be banned from the site!