अक्षय कोषहरु

जनहित अक्षय कोष
कुरुले तेनुपा गाविस स्थायी ठेगाना भई गाऊँमा हुनुहुने, विभिन्न पेशा व्यवसायको लागि गाऊँ छोडेर बाहिर जानु परेका व्यक्तिहरुको सामुहिक सहभागितामा स्वेच्छिक आर्थिक सहयोग संकलन गरी जनहित अक्षय कोष स्थापना भएको हो । कुरुले तेनुपाभित्र रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति र गाविसभित्र रहेका सबैभन्दा जेष्ठ नागरीकहरुलाई जेष्ठ नागरीक सम्मान गर्ने गरी वर्षा एक पटक गाऊँमै कार्यक्रम राख्ने मुख्य उद्धेश्यले २०६८ साल चैत्र ३० गते रु १ लाख ५ रुपैयाको जनहित अक्षय कोष यस संस्थाको संरक्षकत्वमा स्थापना भएको थियो । हाल यो जनहित अक्षय कोष २ लाख ५५ हजार ५ सय ५५ रुपैयाको भएको छ ।
यो अक्षय कोष स्थापनार्थ ११७ जना महानुभावहरु स्वेच्छिक रुपमा संस्थापक सहयोगदाता हुनुभएको छ भने आर्थिक वर्ष२०६९।७० मा थप १०३ जना सहयोगदाताहरुबाट सहयोग प्राप्त भई कुल सहयोगदाता संख्या २२० पुगेको छ । यो कोषमा कुरुले तेनुपामा जन्म भई स्थायी ठेगाना भएका व्यक्तिहरुले मात्र आर्थिक सहयोग गर्न पाउने प्रावधान राखिएको छ । हरेक वर्षा एक पटक छात्रवृत्ति र वृद्धवृद्धा सम्मान वितरण हुने यस अक्षय कोषबाट प्राप्त ब्याजले आर्थिक वर्ष२०६९-७० को लागि मिति २०६९ भाद्र ११ गते एक कार्यक्रम गरी कुरुले तेनुपाका सबैभन्दा जेष्ठ २ जना वृद्धवृद्धालाई वृद्धभत्तासहित अभिनन्दन गरिएको छ भने २ जना विद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको छ । जेष्ठताको लागि गाविसको अभिलेख र पेश भएको नागरीकताको प्रमाण पत्रलाई आधार मानिएको छ भने गाविसभर रहेका एक दर्जन विद्यालयहरुले सिफारिस गरेका विद्यार्थीहरुको हकमा कुरुले तेनुपा उच्च माविका प्राचार्यको संयोजकत्वमा छात्रवृत्ति सिफारिसको लागि ७ सदस्यीय सिफारिस समिति बनाइएको छ । यो अक्षय कोषलाई बढाउने अभियान अहिले पनि निरन्तर चलिरहेको छ । यो कोष नै कुरुले तेनुपा गाविसभित्र स्वेच्छिक रुपले धेरै जनाको सामुहिक सहभागितामा स्थापना भएको सबैभन्दा ठुलो राशीको अक्षय कोष भएको छ । यस आर्थिक वर्ष२०७०।७१ का लागि अक्षय कोषबाट ७ जना जेष्ठ नागरीक सम्मानित हुनुहुने भएको छ भने ७ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।

Do NOT follow this link or you will be banned from the site!