साझेदारी कार्यक्रमहरु

धनकुटा नगरपालिकाको सार्बजनिक सुनुवाई २०७१ आषाढ २० गते 

धनकुटा÷धनकुटा नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न सबै वडाहरुमा द्रुत गतिमा कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धताका साथ धनकुटा नगरपालिकाको सेवा प्रवाहमा सहभागिता, जवाफदेहिता, पारदर्शीता र खुलादिसामुक्त नगर घोषणाका चुनौतीहरु विषयक सार्वजनिक सुनुवाई मिति २०७१ आषाढ २० गते शुक्रवार धनकुटा नगरपालिका कार्यालय परिसरमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा नगरपालिकाका कार्यकारी अधिकृत कुमार प्रसाद कोइराला हुनुहुन्थ्यो भने प्रशासन शाखा, प्राविधिक शाखा, सामाजिक विकास शाखा, कर शाखा, आर्थिक प्रशासन शाखा, वातावरण शाखा, जिन्सि शाखा लगायत का प्रमुखज्युहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिका क्षेत्रभित्र सञ्चालित योजनाहरुका उपभोक्ता समितिहरु, लक्षित वर्ग र क्षेत्रका महिला, दलित, जनजाती, अपाङ्ग प्रतिनिधिहरु र दलीय प्रतिनिधिहरु समेतलाई स्थानीय निकाय स्रोत व्यवस्थापन तथा परिचालन कार्यविधि–२०६९ का प्रावधानहरु, बजेट परिचालन, खुला दिसामुक्त नगर घोषणा अभियानका चुनौतीहरु, सेवाग्राहीका सुझाव सल्लाहहरु आदि बारे छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय वासिन्दाहरुले उठाएका प्रश्न एवं जिज्ञाषाहरुको जवाफ धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोइरालाले दिनुभएको थियो । त्यस्तै प्राविधिक विषयमा इञ्जिनियर मिङ्गमा शेर्पाले जवाफ दिनुभएको थियो भने विभिन्न शाखा प्रमुखहरुले आफ्नो शाखाको सम्बन्धमा उठेका विषयमा जवाफ दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय समस्याहरुका बारेमा नगरपालिकासंग गुनासाहरु राखेका थिए भने विकासका योजनाहरु सञ्चालनका कठिनाइहरु जानकारी गराएका थिए । वातावरण शाखासंग सम्बन्धित विषयहरुमा छलफल बढि केन्द्रित भएको थियो ।

कार्यक्रमको प्रारम्भमा धनकुटा नगरपालिकाको कार्यालय परिसरमा बसेर गरिएको सेवाग्राही सर्वेक्षणमा सहभागी १०० जना सेवाग्राहीहरुको सुझावहरुबारे जानकारी गराइएको थियो भने वडास्तरमा सरोकारवाला सेवाग्राहीहरु ७४ जनासंग गरिएको कुराकानी र भरिएको प्रश्नावलीको आधारमा नागरीक प्रतिवेदन पत्र सर्वेक्षणमार्फत प्राप्त धारणा एवं गुनासा तथा समस्याहरु ५७ बुँदे सुचीसहित छलफल एवं जानकारी गराइएको थियो ।
सेवाग्राहीहरुसंग प्रश्नावली भरी तयार पारिएको सेवाग्राही बहिर्गमन सर्वेक्षण र नागरीक प्रतिवेदन पत्र सर्वेक्षणको नतिजाबारे कार्यक्रम सञ्चालकबाट विस्तृत रुपमा जानकारी गराइएको थियो । सो सर्वेक्षणमा ९२ प्रतिशत सेवाग्राहीले नगरपालिकाको काम कारवाहीमा सन्तुष्ट रहेको बताएका थिए भने ८८ प्रतिशत सेवाग्राहीको काम नगरपालिकाबाट तोकिएको समयमा भएको प्रतिक्रिया प्राप्त भएको थियो । करिब ८० प्रतिशत सेवाग्राहीहरुले नगरपालिकालाई विभिन्न सेवा प्रवाहमा सहजता दिलाउनु पर्ने भनी सुझावहरु राखेका थिए । अधिकाँश सेवाग्राहीहरुले खुलादिसामुक्त नगर घोषणाका चुनौतीहरुका बारेमा नगरपालिकालाई सुझाव दिएका थिए ।

सामुहिक सभापतित्वमा सम्पन्न सो सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन एवं जनहित असल शासन क्लबका सचिव हुकुम प्रसाद दाहाल र कार्यक्रम संयोजक नोदनाथ त्रितालले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रम धनकुटा नगरपालिकाको आयोजना एवं जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाको सहजीकरणमा सम्पन्न भएको थियो । धनकुटा नगरपालिकाले स्थानीय निकाय स्रोत व्यवस्थापन एवं परिचालन कार्यविधि २०६९ बमोजिम वर्षमा तीन पटक वडास्तरमा पुगेर सार्वजनिक सुनुवाई सञ्चालन गर्न जनहित असल शासन क्लबसंग सहजीकरणको लागि समन्वय गरेको छ । जनताको पृष्ठपोषणहरु प्राप्त गर्न र जनगुनासाहरु व्यवस्थापन गर्ने उद्धेश्यका साथ यस अघि गत कार्तिक र फागुन महिनाहरुमा क्रमशः नगरपालिकाको वडा नं. १ हिलेबजार र वडा नं. ८ को सान्ताँगमा सार्वजनिक सुनुवाई सम्पन्न भइसकेको छ भने यो चालु आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई आयोजना भएको छ ।
विस्तृत प्रतिबेदन पढ्न तलको लिँकमा क्लिक गर्नुहोस् ।

Download (PDF, 1.13MB)

संविधान सभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक 

संविधान सभा निर्वाचन गत २०७० मंसीर ४ गतेको दिन लोकतन्त्र र निर्वाचन पर्यवेक्षण डिऊ नामक सञ्जालमार्फत धनकुटामा अनुगमन गरिएको छ । सल्भ नेपाल, वेष्ट नेपाल र जनहित असल शासन क्लब गरी तीन वटा संस्थाको सञ्जालको रुपमा गठन भएको डिऊ नपालले गरेको अनुगमन कार्यक्रमको अन्तिम प्रतिवेदन सार्वजनिक भएको कार्यक्रम संयोजक जे पी भुजेलले जानकारी दिनुभयो ।

 

पुरा प्रतिवेदन पढ्नुहोस् … ….

Download (PDF, 1.08MB)

धनकुटा नगरपालिकाको सार्बजनिक सुनुवाई २०७०/७/२४

जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाले धनकुटा नगरपालिकासंगको सहकार्यमा मिति २०७० कार्तिक २४ गते हिलेबजारमा र्सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाको आयोजना तथा जनहित असल शासन क्लबको सहजीकरणमा सम्पन्न सो र्सार्वजनिक सुनुवाई कार्यक्रममा ९ बुँदे घोषणापत्र जारी भएको छ । र्सार्बजनिक सुनुवाई कार्यक्रममा सुचनाको हकसम्बन्धी पर्चा पोष्टरहरु वितरण गरी जनचेतनामुलक कार्य गरिएको थियो ।

Download (PDF, 1.62MB)

र्सार्बजनिक सुनुवाई कार्यक्रमको लागि साझेदारी

जनहित असल शासन क्लबले धनकुटा नगरपालिकासंग साझेदारीमा वाषिर्क रुपमा र्सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत र संस्थाका कार्यकारी निर्देशकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साझेदारीमा गरिने कार्यक्रममा रु १,१५,००० एक लाख पन्ध्र हजार बराबरको खर्च नगरपालिकाले व्यहोर्ने र बाँकी खर्च संस्थाले व्यहोर्ने गरी वर्षा तीन पटक नगरपालिकाको सेवा सुविधासम्बन्धी र्सार्बजनिक सुनुवाई कार्यक्रम गर्नुपर्नेछ । चौमासिक रुपमा सञ्चालन गरिने र्सार्बजनिक सुनुवाई कार्यक्रम कार्तिक मसान्तभित्र, फागुन मसान्तभित्र र आषाढ मसान्तभित्र सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ । सम्झौता पत्र हर्ेर्नुहोस् … … …
Contract_PH Municipality_2070.7.3

धनकुटा नगरपालिकाको सार्बजनिक सुनुवाई २०७०।३।२७

Download (PDF, 14.93MB)

सामुदायिक वनसम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रमको प्रतिवेदन २०६८।१२।५

Download (PDF, 201KB)

 

Do NOT follow this link or you will be banned from the site!