सुर्तिजन्य पदार्थ बिक्रीमा राेग लागाउनु पर्छः महतो

सुर्तिजन्य पदार्थ बिक्रीमा राेग लागाउनु पर्छः महतो
काठमाडौं–संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र महतोले सूर्तीजन्य पदार्थको सेवनले धन र ज्यान दुवै लिने भएकाले बेलैमा यसको उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाउनुपर्ने बताएका छन्।
बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स् क्लब अफ काठमाण्डु फेलोसिप डिस्ट्रिक्ट ३२५ ए २ ले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको बृहत्त जनचेतनामूलक कार्यक्रममा बोल्दै महतोले भने, ‘सूर्तीजन्य पदार्थको अत्यधिक सेवनले क्यान्सर रोग लाग्छ, र क्यान्सरले मान्छेको ज्यान त लिन्छ लिन्छ, यसले धन पनि सिध्याउँछ । उनले पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या अत्यधिक रुपमा बढिरहेको भन्दै यसको समय मै नियन्त्रण गर्नुपर्ने बताए। उनले नयाँ पुस्ताले धुम्रपानलाई फेसनको रुपमा अवलम्बन गरेको भन्दै बेलैमा सरोकारवालाले ध्यान नदिए पछि यसले ठूलो समस्याको रुप धारण गर्ने बताए ।

महतोले धुम्रपानको लतमा फसेकाहरुले समेत बेलैमा उक्त बानी त्याग्न प्रण गर्नुपर्ने बेला आएको भन्दै सभ्य नागरिक बनेर समाजमा उदाहरण पेश गर्न सुझाव दिए । सूर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउन सरकारले बेलाबेलामा ऐन तथा कानुन ल्याउने गरेको भएपनि उल्लेख्य रुपमा कार्यान्वयन गर्न नसकेकोमा उनले गुनासो पोखे। ‘सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न सरकारले बलियो कानुन बनाउनुपर्छ, प्रत्येक नागरिकलाई स्वस्थ बनाउन सकियो भनेमात्रै समाज स्वस्थ हुन्छ र देश स्वस्थ हुन्छ,’ उनले भने। उनले छिमेकी देश भारतको विहार प्रदेशमा झण्डै ८ सय अर्बको राजश्व संकलन भैरहकै अवस्थामा मुख्यमन्त्री नीतिश कुमारले कडाई गरेर उदाहरणीय काम गरेको उल्लेख गर्दै नेपालले समेत त्यसबाट पाठ सिक्नुपर्ने सुझाव दिए ।

– See more at: http://nagariknews.com/society/nation/story/68674.html#sthash.UL5abRhk.dpuf

Do NOT follow this link or you will be banned from the site!