स्वास्थ्य अधिकार तथा सर्ुर्ति नियन्त्रण अभियान

धनकुटा जिल्लामा सर्ुर्तिजन्य वस्तु नियन्त्रण नियमन ऐन कार्यान्वयनका लागि नागरीक समाज संस्थाहरुको तर्फाट जनचेतना फैलाउने अभियान अन्तरगत २१ वटा संघसंस्थाहरुको भेलामार्फ गठन भएको स्वास्थ्य अधिकार तथा सर्ुर्ति नियन्त्रण (HRTC) जिल्ला सञ्जाल धनकुटाको नेतृत्व (2068.12.30) यस संस्थाले गर्दै आएको छ । काठमाडौस्थित प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (RECPHEC) संगको समन्वयमा यस संस्थाले सञ्जालको संयोजन गर्दै आएको हो । यस सञ्जालमार्फ र्सबसाधारणसम्म कानुनको प्रचारप्रसार गर्ने र सचेतनामार्फ कानुन कार्यान्वयनमा मद्दत पुर्‍याउने लक्ष्य रहेको छ ।

 पछिल्लो खबर

सुर्ति नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७१ सार्बजनिक

सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाले धनकुटा जिल्लामा सुर्तिजन्य वस्तुकाे बट्टामा ७५ प्रतिशत चेतावनिमुलक सन्देश राखिएकाे नराखिएकाे बारे तीन महिने अनुगमन कार्यक्रम गरी प्रतिवेदन सार्बजनिक गरेकाे छ ।

अनुगमन प्रतिवेदन पढ्नुहाेस् 

Download (PDF, 570KB)

सुर्ति नियन्त्रण अभियान थप प्रभावकारी पार्ने निर्णय

सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि गठित जिल्लास्तरीय अनुगमन समितिको बैठक सहायक प्रमुख जिल्ला अधिकारी सोमनाथ भट्टराईको अध्यक्षतामा चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय, धनकुटाको सभाहलमा सम्पन्न भएको छ ।
विभिन्न चार वटा निर्णय गर्दै उक्त बैठक सम्पन्न भएको हो । चालु आर्थिक वर्ष २०७०।७१ का लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सञ्चालन हुने वार्षिक कार्यक्रमहरु सञ्चालनको लागि बैठकले निर्णय गरेको छ । सबै जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायहरुलाई सुर्तिजन्य वस्तु नियन्त्रण नियमन ऐन २०६८ को परिपालना र धुम्रपान निशेधित क्षेत्र लेखिएको बोर्ड अनिवार्य राख्नको लागि लिखित निर्देशन जारी गर्ने, सर्वोच्च अदालतबाट गत पौष १४ गते जारी अन्तरिम आदेशको पूर्ण कार्यान्वयनको लािग बजार पसल अनुगमन गर्ने, सुर्तिजन्य वस्तु नियन्त्रणकालागि व्यवस्थापकहरुको लागि अभिमुखीकरण तालिमहरु आयोजना गर्ने र अन्य संघस्थाहरुबाट सहयोगको लागि अनुरोध भएमा आवश्यक सहयोग गर्ने तथा कार्यक्रमहरुको संयोजन जिल्ला स्वास्थ्य कार्यालयले गर्ने गरी निर्णय भएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख भानु येङ्गदेनले वार्षिक कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका सई गोपाल थापा मगर तथा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई र स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाका संयोजक नोदनाथ त्रिताल लगायतको समेत उपस्थिति रहेको थियो ।

मृगौलासम्बन्धी रोगको उपचारार्थ सहयोग

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल मोरँगका सचिव पुष्पराज देउजाजीको मृगौलासम्बन्धी रोगको उपचारार्थ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र रेस्फेक, बागबजार काठमाडौको तर्र्फबाट १८ जना स्टाफहरुबाट संकलित रु. ५९६४ र संस्थाबाट त्यति नै बराबरको नगद थप गरी अर्थात रु. ५९६४ जम्मा गरी कुल ११९२८ अक्षरेपी एघार हजार नौ सय अठ्ठाइस रुपैया संकलन गरी पुष्पराज देउजाजीको सहयोगार्थ उहाँको नाममा एभरेष्ट बैंक विराटनगर शाखामा रहेको बचत खाता नं. ००८००५०१००१९३७ मा जम्मा गरिएको जानकारी आज प्राप्त भएको छ । हामी सबैले पुष्पराज देउजाजीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छौं । साथै मानवीय भावनाका साथ आर्थिक सहयोग गर्नुहुने रेस्फेकका कार्यकारी निर्देशक एवं स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण राष्टिय सञ्जालका संयोजक शान्तलाल मुल्मी, रेस्फेकका सनम शंकर लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै पुष्पराज जीको तर्फबाट कृतज्ञता प्रकट गर्दछौं । स्वास्थ्य अधिकार सुर्र्ति नियन्त्रण जिल्ला सञ्जालहरुको तर्फबाट हामी सबैले जो सक्दो सहयोग गरौं भन्ने अपिल समेत गर्दछौं । यस अघि शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालज्युबाट रु ३००० व्यक्तिगत सहयोग प्राप्त भएको छ ।

Pusparaj Deuja_1

मातृ स्वास्थ्य र पाठेघर खस्ने समस्याबारे अन्तरसम्वाद कार्यक्रम

धनकुटा÷स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल धनकुटाको आयोजना, जनहित असल शासन क्लब धनकुटाको संयोजन, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, बागबजार काठमाडौको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाको सहजीकरणमा यहि मिति २०७० पौष २६ गते शुक्रवार धनकुटा सदरमुकाममा “मातृ स्वास्थ्य तथा आङ खस्ने समस्यामा हाम्रो चासो” विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जनहित असल शासन क्लब, धनकुटाका कार्यकारी निर्देशक एवं स्वास्थ्य अधिकार सुर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल, धनकुटाका संयोजक नोदनाथ त्रितालले सञ्चालन गर्नुभएको सो अन्तरसम्वाद कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक अच्छेलाल दासले मातृ स्वास्थ्य र पाठेघर खस्ने समस्याबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले आफ्नो कार्यपत्र प्रस्तुतीसंग सहभागीहरुका जिज्ञाषाहरुको समेत समाधान गराउनु भएको थियो । स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जालका संयोजक नोदनाथ त्रितालले कार्यक्रमको औचित्य र उद्धेश्यमाथि प्रकाश पार्दै सुर्ति नियन्त्रणका लागि विगत दुई वर्षमा भए गरेका क्रियाकलापहरुबारे कार्यपत्रसहित जानकारी प्रस्तुतीकरण गर्नुभएको थियो ।

विस्तृत प्रतिवेदन पढ्नुहोस्

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल संखुवासभा गठन

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि ९ सदस्यीय जिल्ला सञ्जाल संखुवासभाको गठन गर्दै आज (2070.9.9) खाँदवारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनहित असल शासन क्लब, संखुवासभा शाखाका अध्यक्ष जनक चापागाईंको संयोजकत्वमा सो सञ्जाल गठन भएको हो । सञ्जालको सदस्यहरुमा गुराँस एफएमका गँगा विष्ट, कान्तिपुर दैनिक सम्वाददाता दिपेन्द्र शाक्य, तेस्रो धार साप्ताहिकका स्वागत तामाँङ्ग, हुरेक नेपालका सन्तोषकुमार मते, नेपाल रेडक्रस सोसाइटीकी शीला श्रेष्ठ, मकालु डेभलपमेन्ट सञ्चार केन्द्रका रमेश दियाली र असल शासन क्लब जिल्ला समन्वय समितिका गुणराज श्रेष्ठ रहनु भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा ३ बुँदे साझा सार्वजनिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ । उक्त प्रतिबद्धता पत्रमा जिल्लाका सम्पुर्ण सरकारी, गैरसरकारी निकायहरु, संघसंस्थाहरु एवं सार्वजनिक निकायहरुमा धुम्रपान निषेधित क्षेत्र लेखिएका बोर्डहरु राख्ने, सार्वजनिक निकायहरुभित्र तथा १०० मिटर वरपर सुर्तीजन्य वस्तु सेवन गर्न र बेचविखन बन्द गर्न पहल गर्ने र आफु सम्वद्ध कार्यालय, संघसंस्था विद्यालयहरुमा सूर्तीजन्य वस्तु सेवनलाई रोक्न आवश्यक जनचेतनामुलक कार्यक्रम गर्न पहल गर्ने भन्ने बुँदाहरु उल्लेख गरिएको छ ।
सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, खाँदवारीका स्वास्थ्य शिक्षा सुचना शाखाका प्रमुख नरबहादुर श्रेष्ठले सूर्ती नियन्त्रणका लागि २ लाख ६७ हजार बराबरको वार्षिक कार्यक्रम स्वीकृत भएर आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल, धनकुटाका संयोजक नोदनाथ त्रितालले धनकुटा तथा इलाम जिल्लामा सञ्जालहरुले गरेका गतिविधिहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सामुहिक सभापतित्वमा सम्पन्न भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, संखुवासभा र प्राथमिक स्वास्थ्य सेवा स्रोतकेन्द्रको सहयोग, स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाको समन्वय तथा जनहित असल शासन क्लब, संखुवासभा शाखा र असल शासन क्लब जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन शाखाका अध्यक्ष जनक चापागाईंले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. मदनकुमार उपाध्याय, जिल्ला पशु सेवा कार्यालय प्रमुख पुष्प बुढाथोकी, प्रहरी निरीक्षक सन्तोष पाठक, जिल्ला शिक्षा कार्यालयका वि नि गोपालमान भण्डारी, शान्ति समिति सचिवालयका सचिव राजेन्द्र सर्वहारा, अनुसन्धान विभाग प्रमुख तुलसी कट्टेल, राजनैतिक दलका प्रतिनिधिहरु एवं सञ्चारकर्मीसहित ३५ जनाको सहभागीता रहेको थियो ।

 

tfKn]h’Ë zfvf

:yfM–@)&)

s]Gb|Lo sfof{no M s’?n] t]g’kf–%, wgs’6f

Do NOT follow this link or you will be banned from the site!